Hamro Patra
महिला हिंसा विरुद्ध विद्यार्थीको र्याली

टीकापुर, मंसिर १६

कैलालीको टीकापुरस्थित कणर्ाली नमूना माध्यमिक विद्यालयले महिला हिंसा न्यूनिकरणका लागि प्लेकार्डसहित र्याली निकालेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले महिला हिंसा न्यूनिकरणका लागि विभिन्न नारा लेखिएका प्लेकार्डसहित टीकापुरमा र्याली गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार अतिरिक्त क्रियाकलापसँगै र्याली निकालिएको बताए ।

शर्माका अनुसार र्याली सकिएसँगै महिला हिंसा न्यूनिकरण विषयमा गायन प्रतियोगिता समेत गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update