टीकापुर, मंसिर १६
धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार (आज) शव बुझिएको हो।
चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए । अब शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्








