Hamro Patra
जेसीजको साप्ताहिक कार्यक्रम शुरु

टीकापुर, मंसिर १७

टीकापुर जेसीजको साप्ताहव्यापी कार्यक्रम आजदेखि शुरु भएको छ ।

साप्ताहिक कार्यक्रमको उद्घाटन गर्दै टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले साप्ताहिक कार्यक्रमको उद्घाटन गर्दै समाजका विभिन्न गतिविधिमा युवाहरुलाई संलग्न गराउनुपर्ने बताए ।

टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मंगलबहादुर साउँदले गरेका थिए ।

यसैबिच जेसीज साप्ताहिकको पहिलो दिन आज हाफ म्याराथुन सम्पन्न भएको छ । हाफ म्याराथुन कार्यक्रमका संयोजक चक्रचन्द सोडारीको अध्यक्षतामा भएको हाफ म्याराथुनको सञ्चालन खेल प्रशिक्षक अर्जुन ठकुल्लाले गरेका थिए ।

म्याराथुनमा अमित आउजी प्रथम, रोहति तामाङ्ग द्धितीय र रौरभ नेपाली तृतीय भएका छन् । त्यस्तै महिलातर्फ सिर्जना जोशी प्रथम भएकी छन् ।साप्ताहिक कार्यक्रमको दोश्रो दिन भोलि रक्तदान कार्यक्रम राखिएको टीकापुर जेसीजले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update