बँदेलको आक्रमणबाट एक जनाको मृत्युु
टीकापुर, मंसिर १७
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्युु भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ६ शोडषाका ४० वर्षीय केशर बोहराको मृत्युु भएको हो ।
उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिका उपाध्यक्ष निर्प खड्काले बताए । बँदेलको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्ल्ख गाउँपालिकाको कार्यालयमा सहयोगी पदमा कार्यरत थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ १७:१२
प्रतिक्रिया दिनुहोस्




