Hamro Patra
सुदूरपश्चिममा समानुपातिकबाट सत्र महिला छानिने

टीकापुर, मंसिर १९

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन् । जसमध्ये १७ जना महिला सदस्य हुन्छन् ।

प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रत्यक्षतर्फ काँग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीले ३-३ र १ स्वतन्त्र निर्वाचित भएका छन् ।

समानुपातिकबाट कांग्रेस र एमालेले सात-सात, माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई तथा एकीकृत समाजवादी र राप्रपाले एक-एक सिट पाउने देखिन्छ ।

आफूले पाएका सिटबाट दलहरूले छनोट गर्दा खस-आर्य ६०.०२, दलित १७.२९, थारू १७.२१, जनजाति ३.६१, मधेसी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ ।

यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update