टीकापुर, मंसिर २३
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा कृषि बिज्ञान संकायको शैक्षिक भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
सुदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकायको डिन कार्यालय रहेको टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान संकायको प्रशासनिक तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि नयाँ भवन शिलान्यास गरिएको हो ।
विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले भवनको भूमि पुजन गर्दै निर्माण कम्पनीलाई समयमै भवन निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । रजिस्ट्रार पाठकले कृषि तथा बिज्ञान संकायको छुट्टै भवन निर्माण भएपछि पठनपाठनमा झन सहज हुने विश्वास व्यक्त गरेका छन् ।
कुल १४ करोड ३३ लाख ५० हजार ५ शय ८८ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन त्रिवेणी लाभा जेभीले निर्माण गर्नेछ । तीन तला हुने भवनमा ३० वटा कोठा रहनेछन् ।
२०७९ कार्तिक २१ गते भवन निर्माणका लागि सम्झौता भए बमोजिम निर्माण कम्पनीले भवनको काम १८ महिनामा सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने छ ।




