Hamro Patra
जेसीजको साप्ताहिक कार्यक्रम सम्पन्न

टीकापुर, मंसिर २३

विविध कार्यक्रमसहित टीकापुर जेसीजको साप्ताहिक कार्यक्रम आज सम्पन्न भएको छ । सात दिनमा आठ वटा कार्यक्रम गर्दै जेसीजले साप्ताहिक कार्यक्रम सम्पन्न गरेको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहनसिंह लुहार वि.क.ले टीकापुर जेसीजले स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्दै आइरहेको बताए ।

उनले भने ‘हामी स्थानीय सरकारले गर्न नसकेका कतिपय कार्यहरु जेसीजले युवाहरुको संलग्नतामा गर्दै आइरहेको छ ।’ उनले युवाको नेतृत्व विकास, उद्यमशीलता लगायतका क्षेत्रमा स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षमा कार्यक्रम समापन भएको हो । अध्यक्ष वि.क.ले साप्ताहिक कार्यक्रमका आठ जना संयोजकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना

टीकापुरस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु, पुनस्र्थापना केन्द्र तथा स्थानीय क्लबहरुको सहभागितामा लागुऔषध दुव्यर्सनी सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी हेमबहादुर शाहीले लागुऔषध दुव्यर्सनीबाट हुनसक्ने क्षतिका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिएसपी शाहीले यस क्षेत्रलाई लागुऔषध मुक्त बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमका संयोजक प्रकाश खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मैत्रीपूणर् फुटबल प्रतियोगिता

आज विहानै टीकापुर जेसीज र टीकापुरस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुसँग मैत्रीपूणर् फुटबल प्रतियोगिता गरिएको थियो । कार्यक्रमका संयोजक जनक विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका पूर्व अध्यक्ष राम बहादुर भण्डारी रहेका थिए ।

भण्डारीले खेल स्वास्थ्यका लागि मात्रै नभएर मस्तिष्कका लागि समेत प्रभावकारी रहेको बताए । प्रतियोगितामा जेसीजले ७ गोल गरेको थियो भने पत्रकारको टिमले २ गोल गरेका थिए ।

शाहीलाई सम्मान

टीकापुर जेसीजले फुटबलका राष्टिय खेलाडी तथा प्रशिक्षक गजेन्द्र शाही (गज्जु) लाई सम्मान गरेको छ । टीकापुर क्षेत्रमा फुटबल खेलको विकासका लागि निरन्तर रुपमा खेलाडी प्रशिक्षण गर्दै आएका शाहीलाई जेसीजले दोसल्लासहित दुई किलोको माला लगाएर सम्मान गरेको हो ।

एन्फाको प्रशिक्षकका रुपमा काम गरिरहेका शाहीले सुदूरपश्चिम प्रदेशबाट छैटों, सातौं र आठौं खेलमा सहभागी हुँदै छैठौं राष्टिय खेलमा सुदूरपश्चिमलाई स्वणर् पदक दिलाएका थिए ।

त्यस्तै ०६९ देखि ७० सम्म फ्रेण्डस् क्लब काठमाडौंबाट ए डिभिजन लिग समेत खेलका शाहीले सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको कप्तानका रुपमा खेलेका थिए । कार्यक्रमको सञ्चालन जेसीजका महासचिव मंगलबहादुर साउँदले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update