Hamro Patra
एक वर्षमा तीन वटा तुइन विस्थापन

टीकापुर, मंसिर २५

कणर्ाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइनहरु विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कणर्ाली नदीमा वारपार गर्न थालेका छन् ।

खार्पुनाथ गाउँपालिका-४ को छिप्रा गाउँका बबरजङ्ग हमालले आफ्नै वडाभित्रका दुुई वटा तुइनहरु विस्थापन भएको बताए । उनको क्षेत्र मध्य नल्न र गाउँपालिका केन्द्र जाने याङ्चुु बजारको तुइन विस्थापन भएका हुन । यी दुवै स्थानमा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । उनले तुइन विस्थापन हुनु भनेकै कणर्ाली नदी पार गर्दा सुरक्षित भएको महशुस हुने गरेको बताए । उनिहरूले छ वर्षसम्म लगातार तुइन तर्दै आएका थिए ।

त्यसैगरी सोही गाउँपालिका- १ र ३ को सिमानामा पर्ने बोक्चै गौडाका होटेल व्यवसायी अर्जुन सिंहले सो क्षेत्रमा पर्ने कणर्ाली नदी माथिको तुइन विस्थापन भएको बताए । उक्त स्थानमा पनि नयाँ झोलुङ्गे पुल निर्माण भएको छ । बिहान बेलुका र रातिको समयमा पनि मानिसहरू तुइनबाट कणर्ाली नदी पार गर्नुपर्दा डराउनु पर्ने बाध्यता हटेको उनले बताए । उक्त गाउँपालिकामा कणर्ाली नदी माथि चार वटा तुइनहरु रहेका थिए । ती मध्य तीन वटै तुइन एकै वर्षमा विस्थापन भए पनि गाउँपालिका अझै तुइन मुक्त भने हुन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि सिङ्गो गाउँपालिका भने तुइन मुक्त मुक्त हुन नसकेको बताए । उनले अझै पनि गाउँपालिकाको -१ र २ को सिमाना लाली बगरमा तुइनबाटै स्थानीयलाई तर्नु पर्ने बाध्यता रहेको बताए । याङ्चुु बगरको तुइन लिएर त्यतै जडान गरिएको छ ।

उनले सो स्थानमा पनि पुल निर्माणका लागि पहल भई रहेको बताउँदै तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि एउटा बाँकी रहेको कारण पैदल यात्रुलाई सुरक्षित रूपमा कणर्ाली नदी वारपार बाँकी रहेको बताए । खुर्पानाथको लक्ष भने तुइन मुक्त गाउँपालिका घोषणा गर्ने रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update