काठमाडौं, मंसिर २५
सरकारले वार्तामा रहेका सरोकारवालाहरूसँग सहमति कार्यान्वयनका लागि छुट्टै अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो अध्यादेश ल्याउने निणर्य गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार यो अध्यादेश जारी भएपछि नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका र टीकापुर घटनामा आरोपित भई डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुने बाटो खुल्ने छ ।
सिके राउत, नेत्रविक्रम चन्द ‘विप्लव’हरूसँग भएको सहमति कार्यान्ययनका लागि अध्यादेश ल्याइएको हो ।
यतिबेला रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वका जनमत पार्टी लगायतलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धन दलहरुले छलफल गरिरहेका छन् ।
नागरिक उन्मुक्तिले रेशम चौधरी लगायतको माग सम्बोधन भए मात्रै सरकारमा जाने निणर्य गरिसकेको छ । अध्यादेश भोलि मात्रै राष्ट्रपति कार्यालय पठाउने गरी निणर्य भएको हो ।




