सुदूरपश्चिममा बहुविवाह गर्ने बढे
टीकापुर, मंसिर २७
सुदूरपश्चिममा बहु विवाह गर्ने बढेका छन् । प्रदेशभित्र चालु आर्थिक वर्ष सुरु भएसँगै बहु विवाह गर्नेको संख्या बढेको हो । चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा मात्र ७९ बहु विवाहका घटना बाहिर आएका छन् । बहु विवाहसँगै बालविवाह पनि बढेको छ ।
बाल विवाहका ५ घटना बाहिर आएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको अभिलेख छ। प्रदेशभित्र वाल विवाह मात्र नभएर बाल यौन दुराचारका घटनामा पनि वृद्धि हुँदै गएको राष्ट्रिय मावन अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरीप्रसाद ज्ञवालीले बताए ।
चालु आर्थिक वर्षको ५ महिनामा मात्र बाल यौन दुराचारका १२ मुद्दा दर्ता भएको उनले बताए । उनले भने ‘बहु विवाह, बाल विवाह र बाल यौन दुराचारका घटना प्रदेशभित्र बढ्दै गएको देखिन्छ ।’
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १३:१२
प्रतिक्रिया दिनुहोस्




