Hamro Patra

टीकापुर, मंसिर २७

टीकापुर नगरपालिकाका उपमेयर खड्कबहादुर शाहले आफ्ना सदस्यहरुविरुद्ध प्रहरीमा उजुरी दिएको भन्दै राष्ट्रिय युवा संघ कैलालीले विज्ञप्ति जारी गरेको छ ।

नगरपालिकाको विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेको भन्दै एमाले कैलाली सदस्य प्रकाश खड्का र युवा संघका केन्द्रिय सदस्य जनक खड्काविरुद्ध उपमेयर शाहले उजुरी दिएको भन्दै संघले विज्ञप्ति जारी गरेको हो ।

खड्काले टीकापुर नगरपालिकाका उपमेयर शाहको काम कारवाहीको आलोचना गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update