Hamro Patra
नेपाल रेडक्रस कैलालीको सभापतिमा विनाडी

टीकापुर, मंसिर २९

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सभापतिमा बासुदेव विनाडी सर्वसम्मत चयन भएका छन् । कैलालीको अत्तरियामा आज भइरहेको ४६औं अधिवेशनबाट सभापतिमा विनाडी सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै उपसभापतिमा जगदिश्वर पण्डित र गीता सोडारी चयन भएका छन् । त्यस्तै लोकराज जोशी मन्त्री, गोविन्द जोशी कोषाध्यक्ष, उपमन्त्री राकेश हमाल र उपकोषाध्यक्ष भीम महर सर्वसम्मत चयन भएका हुन् ।

तीन महिलासहित ७ जना खुल्ला सदस्यका लागि भने अहिले मतदान भइरहेको जिल्ला सदस्य भीम महरले हाम्रो पत्रलाई जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update