पूर्वपश्चिम राजमार्ग अवरुद्ध
टीकापुर, मंसिर ५
कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा गरेको पछिल्लो निणर्य विरुद्ध ट्याक्टर व्यवासायले राजमार्ग अवरुद्ध गरेका छन्। नगरपालिकाले गरेको निणर्यको विरोध गर्दै ट्रयाक्टर व्यावसायीले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
नदीजन्य पर्दाथको राजश्व रकम बढाएको भन्दै ट्याक्टर व्यवसायीले खुटीया पुलमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। स्याउले-खुटीया-बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाँउदै पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
नगरपालिका आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थ संकलन गर्ने विषयमा छलफल भइरहेको गोदावरी नगरपालिका उप प्रमुख शारदादेवी रोकायाले बताइन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्




