Hamro Patra
बालकको मृत्यु, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

टीकापुर, पौष ६

कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालक भरतको मृत्यु भएको छ भने मृत बालककी आमा पेन्टी ठकुल्ला घाइते भएकी छन् । उक्त घट्नापछि स्थानीय बासिन्दाले सडक अबरोध गरेका छन् ।

यातायात सुचारु गर्न परिचालन भएको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीय बासिन्दाले अबरोध हटाउन गएका प्रहरीहरुमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update