Hamro Patra
लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

टीकापुर, पौष ८

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमा पार्टी प्रवेश गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले ‘ब्याकअप’ उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो।

यससँगै नागरिक उन्मुक्ति पार्टीको संसद्मा चार सिट हुने भएको छ। नागरिक उन्मुक्तिले कैलालीको क्षेत्र नं १,२ र ३ मा विजयी भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update