Hamro Patra

टीकापुर, पौष ९

कैलालीको कैलारी गाउँपालिका वडा नं. ३ मोहनपुरबाट सशस्त्र प्रहरीले विष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । 

मोहनपुर स्थित बि.ओ.पि. खोनपुर बाट खटिएको शसस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपाल आउँदै गरेका वडा नं. ४ के गाँउका ४७ वर्षीय सोमनारायण गामु डगौरालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीले डगौराले चलाएको रा २ प ४२८७ नम्बरको मोटरसाइकलसहित बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ गन्धक २३ के.जी. सुरा ५ के.जी. नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update