Hamro Patra
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

टीकापुर, पौष १०

कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ गणेशपुर शिविरका ६० वर्षीय भगीरथ जैशीले ५९ वर्षीया श्रीमती मुगादेवी जैसीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

भगीरथले मंसिर २८ गते श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी मुगालाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो ।

कोहलपुरबाट घाइतेको आफन्तको अनुरोधमा मोहन्याल गाउँपालिका वडा नम्बर ७ ज्यामिरे लैजाँदै गर्दा उनको मृत्यु भएको टीकापुर प्रहरीले जनाएको छ । भगीरथ प्रहरीको नियन्त्रणमा छन् । पारिवारिक कलहका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update