नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने
टीकापुर, पौस ११
नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो ।
‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ । अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ । तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले भनिन् ।
श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन् । ‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन । सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:१२
प्रतिक्रिया दिनुहोस्




