Hamro Patra
कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

टीकापुर, पौष १२

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक ग्राम १५ मिलिग्रामसहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update