नौ किलो चरेस सहित एक पक्राउ
टीकापुर, पौष १३
कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो ।
बझाङ्दुर्गाथली गाउँपालिका-७ काँडा का दौल्याललाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो वस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्




