कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु
टीकापुर, पौष १४
कैलालीमा ट्याक्टरको टायरले च्यापिएर एक जना मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका-५ मा बुधबार बेलुकी ट्याक्टरको टायरले च्यापिएर चालक वडा नम्बर ४ का २२ वर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए । बुधबार बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरीलाई बिचको टायरले च्यापेको ईलाका प्रहरी कार्यालय मसुरियाले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्




