Hamro Patra
टीकापुरबाट लागु औषध सहित एक पक्राउ

टीकापुर, पौष १४

कैलालीको टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेका छन ।

टीकापुर नगरपालिका वडा नं. ८ मा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेका लम्कीचुहा नगरपालिका वडा नं. २ मोतीपुरका २५ वर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

सु.प.प्र. ०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update