धनगढीबाट ब्राउन सुगर सहित २ जना पक्राउ
टीकापुर, पौष १५
कैलालीको धनगढीबाट ब्राउन सुगर सहित २ जना पक्राउ गरेका छन । शनिबार बिहान धनगढी उपमहानगरपालिका - ४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोक तर्फ जादै गरेको मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन ।
से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा फुलवारी बस्ने चालक २५ बर्षीय प्रताप ओखेडा र सोही मोटरसाइकलमा सवार २५ बर्षीय मनोज बिक ब्राउन सुगर सहित प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले चालकको खल्तीमा रहको ब्लु बुकको कवर भित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए । उनले दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्




