Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन पुष १८ गते

टीकापुर, पौष १५

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि शुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरीएको छ ।

प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले संचालन गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update