बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ
टीकापुर, पौष १६
कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोकतर्फ जाँदै गरेको मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन ।
से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा फुलवारी बस्ने चालक २५ वर्षीय प्रताप ओखेडा र सोही मोटरसाइकलमा सवार २५ वर्षीय मनोज बिक ब्राउन सुगर सहित प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले चालकको खल्तीमा रहको ब्लु बुकको कभरभित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले बताए ।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ १३:१२
प्रतिक्रिया दिनुहोस्




