Hamro Patra
लागुऔषधसहित युवक पक्राउ

टीकापुर, पौष १७

कैलालीको भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटबाट खैरोहिराइनसहित एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भजनीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका जानकी गाउँपालिका वडा नं. २ खरगुहारका २३ वर्षीय सुदीप चौधरीलाई ४७० मिलिग्राम खैरोहिरोइन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update