Hamro Patra
९ वर्षीय नाबालिका बलात्कारको प्रयास

टीकापुर, पौष १७

कैलालीको टीकापुर नगरपालिका नं. ५ की ९ वर्षीय नाबालिकामाथि बलात्कारको प्रयास भएको छ ।

वडा नं. ५ का ३० वर्षीय प्रेम शाहीले ९ वर्षीय नाबालिकामाथि बलात्कारको प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार पुष १५ गते राति ती नाबालिकालाई शाहीले घरबाट केराबारी पुर्याएका थिए ।

नाबालिकाका आफन्तले घटनाबारे तत्काल थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा शाही फरार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेम शाहीले जानकारी दिए ।

प्रहरीले फरार रहेका शाहीको खोजी गरिरहेको जनाएको छ । नाबालिकाका आफन्तले शाहीविरुद्ध जबर्जस्ती करणी उद्योगमा उजुरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update