Hamro Patra
सुदूरपश्चिममा माघ २ मा सभामुखको निर्वाचन हुने

टीकापुर, पौष १७

सुदूरपश्चिम प्रदेश सभामा आगामी माघ २ गते सभामुखको लागि निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि सुरु हुने गरी आव्हन गरेको सो सूचनामा उल्लेख गरिएको छ । प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update