Hamro Patra
कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु

टीकापुर, पौष १८

कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।

कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताए ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update