डोटीमा भीरबाट लडेर महिलाको मृत्यु
टीकापुर, पौष २०
डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कर्यालय डोटीले भने यस विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १२:०१
प्रतिक्रिया दिनुहोस्




