कञ्चनपुरमा दुई वर्षीय बालकको मृत्यु
टीकापुर, पौष २०
कन्चनपुरमा दुई वर्षीय बालकको पानीको खाडलमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने जितेन्द्र रानाको दुई वर्षीय छोरा प्रवास रानाको पानी खाडलमा डुबेर मंलबार मृत्यु भएको हो ।
घर नजिककै पानीको खाडलमा डुबेर दुई वर्षीय बालकको दिउँसो मृत्यु भएको आफन्तले बताएका छन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्




