सुदूरपश्चिम काँग्रेस संसदीय दलको नेतामा शाह
टीकापुर, पौष २०
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।
यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनावी कार्यक्रम सार्वजनिक गरिएको थियो । आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १४:०१
प्रतिक्रिया दिनुहोस्




