Hamro Patra
कैलालीमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

टीकापुर, पौष २१

कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउपालिका- ३ बस्ने छोटेलाल चौधरीलाई बुधवार साँझ ५ बजे प्रहरी सहायक निरिक्षाक मदन राज उपाध्यायको कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले घर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला अदालत कैलालीले चौधरीलाई २०७६/११/०५ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । उनलाई आज जिल्ला अदालत कैलालीमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update