टीकापुर, पौष २१
कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ दौलतपुरस्थित कर्णाली नदीमा माघे संक्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ ।
नेपाली संस्कृति परिषद्को आयोजनामा कणर्ालेश्वर मन्दिर दौलतपुर ‘कणर्ालीधाम’मा मकर संक्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम हुने भएको हो ।
कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताए ।
उनले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यसवर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताए ।
‘कर्णाली नदी पवित्र नदी हो, यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौँ’ उनले भने ‘कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’ कार्यक्रम सफल पार्न स्थानीयस्तरमा वडा नं. ५ का पूर्व वडाध्यक्ष रामशङ्कर डगौराको संयोजकत्वमा समिति गठन भएको छ ।
माघे संक्रान्तिका दिन पहिला यज्ञ हुनेछ भने त्यसपछि स्नान कार्यक्रम हुने बताइएको छ । स्नान कार्यक्रममा महिला र पुरुषका लागि फरक-फरक स्थान बनाइँदैछ । यसका साथै नदी किनारमा आगो ताप्ने तथा सामूहिक आरतीको व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई राइटर्स इन्टरनेश्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाइनमार्फत सम्बोधन गर्नेछन् । कार्यक्रममा कैलाली जिल्लाभरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा टीकापुर १ का पूर्व वडाध्यक्ष गङ्गाराम आचार्यले बताए ।
माघी स्नान मेलाका प्रचारप्रसार समितिका संयोजक ललित थापाले एक हजार ८० किलोमिटर लामो दूरीमा बगेको कर्णाली सुन बग्ने नदी भएकाले कर्णाली पवित्र जल हो भनी स्थापित गर्न खोजिएको बताए ।
कर्णाली नदीको दौलतपुरमा पछिल्ला केही वर्षयता कणर्ालेश्वर मन्दिरले स्नानलगायत पूजाआजा गर्ने काम गर्दै आएको छ । कर्णाली नदीको प्रचारप्रसारमा सघाउ पुगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले धार्मिक पर्यटकीय विकासमा थप सघाउ पुग्ने स्थानीय बताउँछन् ।




