धनगढीमा चरेशसहित दुई युवक पक्राउ
टीकापुर, पौष २२
कैलालीको धनगढीमा चरेशसहित सहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरी र २३ वर्षीय डेविट चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश धनगढीको जुगेडाबाट बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १२:०१
प्रतिक्रिया दिनुहोस्




