टीकापुर जेसीजको अध्यक्षमा चौधरी
टीकापुर, पौष २३
टीकापुर जेसीजको अध्यक्षमा बलराम चौधरी निर्वाचित भएका छन् । आज सम्पन्न मतदानबाट चौधरी ५९ मतसहित विजयी भएका हुन् । मतदान अधिकृत श्यामराज पाण्डेयले दिएको जानकारी अनुसार प्रतिस्पर्धी मंगलबहादुर साउँदले ४१ मत पाएका थिए । कुल १ शय ११ मतदाता रहेकोमा १ शय १ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
त्यस्तै जेसीजको कार्यकारी उपाध्यक्षमा भरत भण्डारी र प्रकाश खत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा शंकर बोगटी, पदमबहादुर शाही, झलनाथ खनाल र लक्ष्मण वि.क. सर्वसम्मत चयन भएका हुन् ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्




