टीकापुर, पौष २४
कैलालीको टीकापुरमा रहेको ओमकृष्ण अस्पताल प्रा.लि.ले हरेक शनिवार निःशुल्क ओपीडी सेवा दिँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले शनिवारका दिन उपचार गर्न आउने विरामीलाई ओपीडी शुल्कमा छुट दिँदै आएको हो ।
अस्पतालका सञ्चालक कृष्णप्रसाद उपाध्याय बजगाईले गत वैशाखदेखि नै हरेक शनिवार अस्पतालले निःशुल्क ओपीडी सेवा दिँदै आएको बताए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत विरामीलाई सहज होस् भनेर हरेक शनिवार निःशुल्क ओपीडी सेवा दिँदै आएका छौं’ बजगाईले भने ‘दुई पटक फरक फरक स्थानमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छौं ।’
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार साउन १ गतेदेखि हालसम्म झण्डै ७ शय बढी विरामीले निःशुल्क ओपीडी सेवा लिएका छन् ।
अस्पतालले अत्याधुनिक मेसिनहरुको प्रयोगबाट हर्निया, पायल्स, हाइड्रोसिल र हाडजोर्नी, स्पाइन सम्बन्धी अप्रेसन लगायतका सेवाहरु दिँदै आएको छ ।

अस्पतालमा वरिष्ठ हाडजोर्नी, नशा, बाथरोग तथा मेरुदण्ड रोग विशेषज्ञ स्पाइन सर्जन डा.उत्सब श्रेष्ठ, एम.एस.जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, फिजियोथेरापिष्ट हरि सुवेदी लगायतका डाक्टरहरुले सेवा दिँदै आएका छन् ।
अस्पतालले फिजियोथेरापी सेवा, ल्याब सेवा, जनरल मेडिसिन लगायत सेवा उपलब्ध गराउँदै आएको छ ।




