धनगढीबाट अवैध मदिरा बरामद
टीकापुर, पौष २५
धनगढीमा अवैध मदिरा बरामद गरेर नष्ट गरिएको छ । इजाजतबिना विक्री वितरणका लागि राखिएका मदिरा जफत गरिएको हो ।
धनगढी उपमहानगरपालिका स्थित रिङरोड आसपासका पसलहरुबाट अवैध घरेलु मदिरा र इजाजतबिना बिक्री वितरण गरिदैँ आएका मदिरा जफत गरिएको वडा प्रहरी कार्यालय धनगढीले बताएको छ ।
इजाजत पत्रबिना विक्रीवितरणका लागि राखिएका करिब १३ काटुन मदिरा बरामद गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको छ । ४० हजार मुल्य बराबरका मदिरा राजस्व कार्यालयमा दाखिला गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै ४० लिटरभन्दा बढि घरेलु मदिरा समेत जफत गरेर नष्ट गरिएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १६:०१
प्रतिक्रिया दिनुहोस्




