Hamro Patra
न्याय निरुपण नहुँदासम्म संघर्ष जारी राख्छौ : रञ्जिता श्रेष्ठ

टीकापुर, पौष २५

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले न्याय निरुपण नहुँदासम्म संसदमा आफूहरूले संघर्ष जारी राख्ने बताएकी छिन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सोमबार यस्तो बताएकी हुन् । टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन् । उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन् ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update