टीकापुर, पौष २५
टीकापुरस्थित टीकापुर डकर्मी व्यवसायी संगठनको अध्यक्षमा सुकदेव कुमार दास (मुन्सी) चयन भएका छन् । आज सम्पन्न २० औं वार्षिक साधारणसभाले मुन्सीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संगठनका कार्यालय सचिव पुरनबहादुर सेटीले दिएको जानकारी अनुसार निवर्तमान अध्यक्ष बाँधुराम चौधरीले राजीनामा दिएपछि अध्यक्षमा मुन्सीलाई चयन गरिएको हो ।
सभाको उद्घाटन समारोहमा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले निर्माणसँग सम्बन्धित डकर्मी लगायतका समस्या समाधान गर्नका लागि नगरपालिकाले तयार रहेको बताए । उनले भने ‘हामी कसैलाई काखापाखा नगरी सबैका समस्या सम्बोधन गर्ने प्रयास गर्नेछौं ।’
कार्यक्रममा संस्थापक अध्यक्ष अमरबहादुर शाही, पूर्व अध्यक्ष पञ्चराम डगौरा लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन तेजुप्रसाद थारुले गरेका थिए ।
सभाले संगठनका अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तेजुप्रसाद थारुले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।




