Hamro Patra
कैलालीमा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

टीकापुर, पौष २७

कैलालीमा मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर-९ का शंकर प्रसाद चौधरीले आफ्नै घर अगाडी पार्किङ्ग गरि राखेको से.३प.५०६९ नंम्बरको हण्डा कम्पनीको मोटरसाईकल चोर्ने ३ जना पक्राउ परेका हुन् ।

कैलाली प्रहरीका अनुसार पुष २५ गते दिउँसो साढे ४ बजेको समयमा चौधरीले आफ्नै घर अगाडी पार्किङ्ग गरि राखेको उक्त मोटरसाईकल चोरी गर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर-६ का तुसार कटुवाल, लम्कीचुहा-४ बलियाका प्रलेस बजगाइ र घोडाघोडी वडा नम्बर-१० निरक्षा पोख्रेल रहेका छन् । मोटरसाईकल चोरी गरि फरार भएको भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरी चौकी प्रतापपुर कैलालीबाट खटिएको प्रहरी टोलिले उक्त मोटरसाईकल र चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो । उनीहरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको कैलाली प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update