डोटीमा एक युवतीको भिरबाट लडेर मृत्यु
टीकापुर, पौष २८
डोटीमा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । घास काट्न जाने क्रममा भिरबाट लडेर शिखर नगरपालिका-१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो । बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन् । उनी केही दिन अघि डोटी घर गएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ ११:०१
प्रतिक्रिया दिनुहोस्




