Hamro Patra
कैलालीमा पेस्तोलसहित २ जना पक्राउ

टीकापुर, पौष २८

कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका ४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोल सहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update