Hamro Patra
सुदूरपश्चिमका दुई मन्त्रीले खाए सपथ

टीकापुर, पौष २८

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले सपथ खाएका छन् । मुख्यमन्त्री राजेन्द्रसिँह रावलले माओवादीका खगराज भट्ट र एमालेका सन्तोष थापालाई मन्त्रीको सपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन् ।

भट्ट माओवादीको दलको नेता हुन भने थापा एमालेको दलको उपनेता हुन्। सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमती भएको छ।

प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा एमाले दलको नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ आजै खाएका छन्।

सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा बहुमतको प्रदेश सरकार गठन हुँदैछ। मुख्यमन्त्री र दुई मन्त्रीले सपथ खाएका छन भने बाँकी मन्त्री र राज्यमन्त्रीहरुको टुंगो लागेको छैन् ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update