Hamro Patra
गाउँघरमा माघीको तयारीसंगै रौनक सुरु

टीकापुर, पौष २९

माघिको केही दिन मात्रै रहदाँ कैलालीसहितका अन्य जिल्लाका थारु समुदाय यतिबेला तयारीमा व्यस्त देखिन्छन् । थारु समुदायका घर घरमा कोही पनि यति बेला फुर्सदिला छैनन् । पुसको अन्तीम दिनबाट सुरु हुने माघीको तयारीमा उनीहरु ब्यस्त देखिन्छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १५ की सोमती चौधरी पनि चामल कुटानी, पिसनीको काम सकेर बाँकी चामल फट्कीदै गरेकी छन् । ‘माघिमा धेरै परिकार बनाउछौं तयारी पनि बढी गर्नुपर्छ उनले भनिन्, अव तयारी पनि गरेर सकिनै लाग्यो ।,’

अहिले जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा सबै ब्यस्थ छन् । माघ पर्वमा नभई नहुने खाने परिकार चामलबाट बन्ने ढिक्री हो । जुन चामलको पिठोबाट बनाइने गरिन्छ ।

ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानी सकेर दुनाटपरी बनाउन थालेको जाइ कैलालीको धनगढी उपमहानगरपलिका ५ जाइकी जानकी चौधरीले बताइन् । ‘गाउँघरका सबै जना तयारीमा जुटेको छन् उनले भनिन्, हाम्रो पनि तयारी पुरा भइसकेको छ।,’ सबै काम लगभग सकिएर दुना टपरीका मात्रै गास्न बाँकी रहेको उनले बताइन् ।

माघी तीन दिनसम्म माघी पर्व मनाउने गरिन्छ । माघीमा बिशेष गरेर सबैको घरमा चामलबाट बनाइएको ढिक्री र बंगुरको मासु खाने गरिन्छ । त्यति मात्रै नभएर यस दिन सबैको घर घरमा ढिक्री, बंगुरको मासु, विभिन्न परिकारका तरकारी, चामबाट बनाइने बिभिन्न परिकारका रोटी लगायत विभिन्न खानेुकुरा पाक्ने गर्दछ ।

माघी थारु समुदायको नयाँ वर्ष पनि हो । थारू समुदायको नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्दछ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको थारु अगुवा बताउछन् । माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ । पुस महिनाको अन्तीम दिनबाट सुरु हुने यो माघ २ गते सम्म मनाइने गरिन्छ ।

पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ ।

कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ । माघ १ गते बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने चलन रहेको धनगढी १५ कनरीका मनोज चौधरीले बताए ।

‘यो पर्वमा एक अर्कामा खुशी साट्दै नाचगान र मेलाको आयोजना गरि मनाइने गरिन्छ, उनले भने माघी पर्व मनाउनका घर बाहीर रहेकाहरु पनि घर फर्कने गर्छन् ।,’ खानेकुराको परिकारहरु बनाएर आफन्तहरुलाई बोलाउने खाने र छोरीबेटीलाई बोलाउने गरिन्छ ।

मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघी उल्लासपूर्वक मनाउने गर्छन् । गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन् भने पर्वको रौनक बढ्न थालेको छ । माघीको अवसर पारेर कैलालीका विभिन्न क्षेत्रमा मेलाको पनि आयोजना गरिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update