Hamro Patra
कञ्चनपुरमा खैरो हेरोइनसहित एकजना पक्राउ

टीकापुर, पौष २९

कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ फटैयाबाट अवैध (लागूऔषध) खैरो हेरोइनसहित ३१ वर्षीय बासुदेव राना पक्राउ परेका हुन् ।

करिब ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधसहित पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकडका रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update