खाल्डोमा भेटियो बालकको शव
टीकापुर, पौष ३०
डडेल्धुरामा हराएका भनिएका एक बालकको शव खाल्डोमा फेला परेको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ डाँडाखर्कका ८ वर्षिय बालक भरत बोहराको शव खाल्डामा पुरिएको अवस्थामा फेला परेको हो ।
उनी गत पुस १२ गतेदेखि बेपत्ता थिए । परिवारका सदस्यले बालक हराएको निवेदन प्रहरीमा दिएका थिए । बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेपछि दुई आमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ३० वर्षीया जानकी बोहरा (सौतेली आमा) र ३४ वर्षीया कलमती बोहरा (आमा)लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्




