Hamro Patra
युरिया मल बरामद

टीकापुर, माघ ८

कैलालीमा भन्सार छलीका युरिया मल बरामद गरिएको छ ।

आइतवार बिहान ६ः०० बजे जिल्लाको भजनी नगरपलिका ८ बस्ने टेकबहादुर खत्रीको घरको गोठमा लुकाईराखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ३५ बोरा (१७ कुन्टल) भारतीय युरिया मल खत्रीको घर बाट बरामद गरि ईलाका प्रहरी कार्यालय भजनीलाई बुझाईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update