कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
टीकापुर, माघ ९
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को डोकेबजारबाट १९ वर्षीय सानु अन्सारी पक्राउ परेका हुन् ।
६२ ग्राम लागुऔषधसहित भारतको लखिमपुर खिरी पलिया घर भएका अन्सारी धनगढी उपमहानगरपालिका-१ मा डेरा गरी बस्दै आएका थिए ।
अन्सारीलाई आइतबार राती प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
भातरबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँच गर्नेक्रममा लागुऔषध फेला परेपछि अन्सारीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्




