टीकापुर, माघ १०
कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाबाट विक्रम शाही र राम अवतार राना पक्राउ परेका हुन् ।
भीमदत्त नगरपालिका–४ बसपार्कस्थित दैलेख शाही खाजा घरबाट अवैध लागूऔषध चरेश ९० ग्राम सहित खाजा घरका सञ्चालक २६ वर्षीय बिक्रम शाहीलाई सोमबार पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई शाहीलाई पक्राउ गरेको हो ।
त्यस्तै पुनर्वास नगरपालिका–१ ढक्काबाट अवैध लागुऔषध ४ ग्राम ५८ मिलिग्राम सहित बेलौरी नगरपालिका–३ खिरियाका २८ वर्षीय रानालाई पनि सोमबार राति पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१ ०१० प ३३५० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनलाई लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




